नेकपा एमालेले विराटनगरसहित इटहरी र धरान उपमहानगरको मेयर र उपमेयरको नाम केन्द्रमा पठायो

<span class='c1'>नेकपा एमालेले विराटनगरसहित इटहरी र धरान उपमहानगरको</span> <span class='c2'>मेयर र उपमेयरको नाम केन्द्रमा पठायो</span>

विराटनगर । नेकपा एमाले प्रदेश १ कमिटिले विराटनगर महानगरपालिकासहित इटहरी र धरान उपमहानगरका आकांक्षी मेयर उपमेयरहरुको नाम केन्द्रमा सिफारिस गरेको छ । विराटनगरमा मंगलबार बसेको प्रदेश कमिटीका पदाधिकारीसहित उपलब्ध स्थायी कमिटी सदस्य समेतको उपस्थितिमा भएको बैठकले विराटनगरको मेयरमा महानगर अध्यक्ष सागर थापासहित पाँचजनाको नाम सिफारिस गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका सह–इन्चार्ज बिनोद ढकालका अनुसार स्थानीय तहबाट सिफारिस भएर आएका नामसहित थप आकांक्षीको नाम समेटेर केन्द्रमा पठाइएको हो । बैठकले मेयरका लागि केन्द्रीय सदस्य जीवन घिमिरेको नाम रायसहित पठाएको छ । केन्द्रीय सदस्य वा प्रदेश र संघका सांसदलाई स्थानीय तहमा ल्याउने कि नल्याउने भन्ने टुङ्गो केन्द्रीय समितिले नै गर्नेछ, सह–इन्चार्ज ढकालले भन्नुभयो–तीनवटै निर्वाचनको परिदृष्यलाई हेरेर नामहरु टुङ्गो लाग्नेछन् ।

मंगलबारको बैठकमा प्रदेशका पूर्व मन्त्री तथा केन्द्रीय सदस्य घिमिरेले पार्टीले आवश्यक ठान्दा तयार छु भन्नुभयो, सहइन्चार्ज ढकालको भनाई थियो, अब पार्टी केन्द्रले आवश्यकताका आधारमा निर्णय गर्नेछ । मेयरमा नगर कमिटीबाटै सिफारिस भएर आएका केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराई सिफारिस भएका हुन् । त्यसैगरी उपमेयरका लागि शिल्पा कार्की, विमला दाहाल (घिमिरे) र अन्जु उपाध्याय (शिवा) को नाम सिफारिस गरेको छ ।

इटहरीमा यामकुमार सुब्बा, वर्तमान उपमेयर लक्ष्मी गौतम, तैयव हुसेन र रामप्रसाद चौलागाँईको नाम मेयरमा सिफारिस भएको छ । त्यस्तै उपमेयरमा संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, बिष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस भएको हो ।
धरानमा एमालेले मेयरमा मोतिराज सुनुवार, वर्तमान उपमेयर मन्जु भण्डारी, विजय राई र मनोज मेयाङ्बोसहित चारजनाको नाम सिफारिस गरेको छ । उपमेयरमा भने वर्तमान उपमेयर भण्डारी समेत अटाएकी छन् । उनीसहित पदम लिम्बु, लहरुमाया जिमी, सविता राई र सुशिला पहाडी सिफारिस भएका हुन् । सिफारिस भएका नाम मंगलबार नै केन्द्रीय कमिटीमा पठाइएको छ ।
स्थानीय तहले सिफारिस गरेका नामबाटै केन्द्रले मेयरको उमेदवार निर्णय गरे विराटनगरमा सागर थापाको संभावना बलियो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्