धरानमा वडातहसम्ममै गठबन्धन दलबीच सहमति

<span class='c1'>धरानमा वडातहसम्ममै गठबन्धन</span> <span class='c2'>दलबीच सहमति</span>

सुनसरी । धरान उपमहानगरपालिकामा चार दलीय गठबन्धनबीच प्रमुख उपप्रमुखसहित सबै वडामा भागबण्डा मिलेको छ ।
उपमहानगरमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष,वडा सदस्य, कार्यपालिका सदस्य र नगरसभा सदस्य पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बीच सहकार्य गरेर जाने सहमतिअनुसार ३० गते हुने चुनावका लागि वडा तहसम्मको सबै पदमा भागबण्डा मिलेको हो ।

जसअनुसार नेपाली कांग्रेसले प्रमुख सहित वडा नम्बर १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ को अध्यक्ष पाउने भएको छ । यस्तै नेकपा मओवादी केन्द्रले उपप्रमुखसहित वडा नम्बर ३, १५, १७ र २० को अध्यक्ष पाउने भएको छ । यसैगरी जनता समाजवादी पार्टीले वडा नम्बर १० र १९ पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउनेगरी सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्