सुरु भयो एसईई, मोरङबाट १८ हजार ४ सय ९६ विद्यार्थी सहभागी

<span class='c1'>सुरु भयो एसईई, मोरङबाट १८ हजार</span> <span class='c2'>४ सय ९६ विद्यार्थी सहभागी</span>

विराटनगर । माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ ।

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस पटक एसईई भौतिक रुपमै हुन लागेको हो । एसईईका लागि देशभरी २ हजार ७ परीक्षा केन्द्र तय गरिएको छ । बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी छन् ।

जिल्ला शिक्षा समन्वय समितिका अनुसार यस वर्षको परीक्षामा मोरङमा कूल १८ हजार ४ सय ९६ विद्यार्थी सहभागी हुनेछ । तीमध्ये साधारणतर्फ १७ हजार ८ सय ५१, प्राविधिक ५ सय ६० र पुनः परीक्षा दिएर उत्तीर्ण भएका ग्रेड वृद्धि विद्यार्थीका संख्या ८५ छन् ।

परीक्षालाई व्यवस्थित एवं मर्यादित बनाउनका लागि जिल्लामा परीक्षा केन्द्र ७१, केन्द्राध्यक्ष ७१, सहायक केन्द्राध्यक्ष १ सय २२, निरीक्षक ९ सय २२, परीक्षा सहायक १ सय ८६, कार्यालय सहयोगी ३ सय ७१ सहित १ हजार ६ सय ७२ जनशक्ति परिचालन हुने जिल्ला शिक्षा समन्वय अधिकारी टङ्क गौतमले जानकारी दिए । उनले परीक्षालाई सभ्य एवं भव्य बनाउन सुरक्षाकर्मी परिचालन हुने प्रबन्ध मिलाइएको छ र परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई सचेत बनाएको बताए ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्