सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकापा-४ पिडारी चतारा झुम्का भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन ।
शनिबार दिउँसो करिब १ बजे चताराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५०४ नम्बरको बस अनियनन्त्रीत भई नहरको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा बस धनि बराहक्षेत्र नगरपालिका-१ चतरा का ४० बर्षीय सरोज खड्का सहित ११ जना घाईते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि धरान घोपामा लगिएको थियो । खड्काको उपचारको क्रममा नै मृत्यु भएको हो । बस, चालक बराहक्षेत्र-१ चतारा का २५ बर्षीय सनम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ ।