विराटनगर १० को वडाअध्यक्षमा पुन: माधब वाग्लेको स्वतन्त्र उमेदवारी

<span class='c1'>विराटनगर १० को वडाअध्यक्षमा पुन:</span> <span class='c2'>माधब वाग्लेको स्वतन्त्र उमेदवारी</span>

विराटनगर । विराटनगर महानगरपालिकामा १० मा वडाअध्यक्षको लागि पहिलो स्वतन्त्र उमेदवारले मनोनयन दर्ता गराएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिका वडा नम्बर १० मा स्वतन्त्रबाट विजयी भएका माधवराज वाग्लेले फेरि उम्मेदवारी दिएका हुन् । उनले दोस्रो पटक वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले विराटनगरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराइसकेका छन् ।

जनप्रतिनिधिले धेरै काम गर्नु पर्दैन साना साना समस्याको समाधान गर्‍यो या समयमा नै सेवा पायो भने नागरिकले राहत महसुस गर्ने भएकोले आफुले त्यहि काम गरेको बताउँदै पुन वडाअध्यक्षमा मनोनयन गरेको बताए । २०७४ सालको निर्वाचनमा उनी ८८५ मत पाएर विजयी भएका थिए । उनी वामपन्थी विचार राख्छन् । तर, एमालेले अघिल्लो र यस पटक पनि आफुलाइ उमेदवार नबनाएपछि स्वतन्त्र उमेदवारी दिएकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्