विराटनगरको उपमेयरमा एमालेबाट शिल्पा कार्की, फेशन डिजाइनरदेखि राजनीतिमा सक्रिय महिला

<span class='c1'>विराटनगरको उपमेयरमा एमालेबाट शिल्पा कार्की,</span> <span class='c2'>फेशन डिजाइनरदेखि राजनीतिमा सक्रिय महिला</span>

विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयर, उम्मेदवार शिल्पा निराला कार्की महानगर कमिटी उपाध्यक्ष हुन् । उनी विराटनगरमा सफल व्यवसायी, कुशल फेशन डिजाइनरको रुपमा समेत परिचित छिन् । त्यस बाहेक राजनीतिमा सक्रिय महिलाको भूमिकामा सधैं अगाडी रहेकी शिल्पा एमालेबाट विराटनगरको उपमेयरमा अगाडी सारिएकी छिन् ।

बुवा स्व.गोपाल बहादुर निरौला र आमा रिता निरौला कि चार सन्तानमध्येकी कान्छि छोरीको रुपमा विक्रम संम्वत २०३५ साल मंसिर १४ गते सिरहाको लाहानमा जन्मिएकी कार्की २०५७ सालमा उद्योगी तथा नेकपा एमालेका नेता गिरेन्द्र कार्कीसँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् ।
राजनिति शास्त्रमा स्नातकोत्तर अध्ययनरत कार्कीले विद्यालय शिक्षा लहानबाट र त्यसपछि महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसबाट स्नातक गरेकी छिन् । काठमाडौंको आईईसिबाट फेसन डिजाईनिङमा समेत स्नातक उनी विभिन्न संघसंस्थामा नेतृत्व गर्दै आएकी सक्रिय महिला हुन् । कार्की समाजिक सेवामा अग्रपंक्तिमा उभिँदै आएकी छिन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको जिल्ला अध्यक्ष तथा महासंघकै महिला समितिको प्रदेश १ संयोजक रहेर नेतृत्व गरिसकेकी छिन् । यस्तै रोटरी, योगमाया फाउण्डेशनलगायतका विभिन्न संघसंस्थाको नेतृत्वमा उनी रहेकी छिन् । जनपथ मा.वि. व्यवस्थापन समिति सदस्यका रुपमा समेत भूमिका निर्वाह गरेकी उनी कोशी अस्पताल विकास समितिको सदस्य हुन् ।

२०६० सालबाट नेकपा एमालेको सक्रिय राजनितिमा रहेकी कार्की अखिल नेपाल महिला संघमा आवद्ध भएर पार्टीको वडा सदस्य हुँदै अहिले विराटनगर महानगर कमिटीको उपाध्यक्ष हुन् । सधै इमान्दर र पारदर्शि हुनुपर्छ भन्ने मान्यता राख्ने कार्की युवाले नेतृत्व लिनुपर्छ र उदाहरणीय महानगर बनाउनुपर्छ भन्ने अभियानमा थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्