धरानमा एमालेका उम्मेद्वारहरुले मनोनयन दर्ता गराए

<span class='c1'>धरानमा एमालेका उम्मेद्वारहरुले</span> <span class='c2'>मनोनयन दर्ता गराए</span>

धरान । धरान उपमहानगरपालिकाकोे मेयरमा नेकपा एमालेबाट हालकी उप मेयर मञ्जु भण्डारी र उपमेयरमा २०५४ मा १९ नं. वडाबाट वडाध्यक्षमा विर्वाचित पदम लिम्बुले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।

सोमबार दलबल सहित निर्वाचन कार्यालय धरान-१२ पुग्नु भएका मेयर उपमेयरका उम्मेद्वार सहित २० वटै वडाका उम्मेद्वारहरुले मनोनयन गर्दा गराउनु भएको हो । पार्टीका आधिकारीक उम्मेद्वारहरु मेयर उपमेयर २० वटा वडाध्यक्ष र ४ जना वडा सदस्यहरुका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएको निर्वाचन परिचालन समितिका संयोजक मुरारी सुवेदीले जानकारी दिनु भयो । उम्मेद्वारी दर्ताका लागि २० वटै वडाहरुबाट कार्यकर्ताहरु स्वस्फुर्त बााझा गाजाका साथ उपस्थित भएका थिए । उनीहरुले नगर परिक्रममा गरेर निर्वाचन कार्यलय पुगेका थिए ।

मेयर उपमेयरसहित मनोनयन दर्ता कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य भीम आचार्य, प्रदेश कमिटी सदस्य तथा प्रतिनीिधि सभा सदस्य जयकुमार राई, प्रदेश सदस्यहरु तथा मेयरका आकाक्षीहरु मनोजकुमार मेन्याङवो, विजय राई, मोतीराज सुनुवारलगायत नेता कार्यकर्ताहरुको विशाल उपस्थिति रहेको थियो । मनोनयन दर्ताका लागि नेता कार्यकर्ताहरुको उत्साहाले चुनावी महौल बनेको मेयरकी उम्मेद्वार मञ्जु भण्डारीले बताउनु भयो । २०४८, २०५४, २०७४ सालको इतिहास एमालेले यस पटक फर्काउने उहाँले बताउनु भयो ।

#OBElectionUpdates

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्