विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका-१० मा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ।
मंगलबार राती करिब ११ बजे एक महिना अगाडिबाट लोड गरी राखिएको को २ त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिन गई स्थानिय ३८ बर्षीय कृष्ण मुखिया घाईते भएका थिए । घाईते भएका मुखियाको स्थानिय अस्पतालमा उपचार पश्चात घर आएकोमा राति नै मृत्यु भएको भन्ने सूचना प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।