चीनको हान्जाउमा हुने भनिएको एसियन गेम्स स्थगित, कारण कोभिड–१९ को बढ्दो संक्रमण

चीनको हान्जाउमा हुने भनिएको एसियन गेम्स स्थगित, कारण कोभिड–१९ को बढ्दो संक्रमण

चीनको हान्जाउमा हुने भनिएको १९औंं एसियन गेम्स स्थगित भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले शुक्रबार प्रतियोगिता स्थगित भएको जनाएको छ ।

चीनमा कोभिड–१९ संक्रमितको संख्या बढेका कारण प्रतियोगिता स्थगित भएको अनुमान गरिएको छ । तर, आयोजकले किन प्रतियोगिता स्थगित गर्नु परेको हो भनेर खुलाएको छैन । प्रतियोगिता १० सेम्टेम्बरदेखी २५ सम्म हुने तालिका थियो ।

“ओलम्पिक काउन्सिल अफ एसिया चीनको हान्जाउमा हुने १९औं एसियन गेम्स स्थगित भएको घोषण गर्छ,” आयोजकलाई उदृत गर्दै चीनको सञ्चारमाध्यम सीजीटीएनले लेखेको छ ।

एसियन गेम्सलाई ओलम्पिकपछिको दोस्रो ठूलो प्रतियोगिता मानिन्छ । प्रतियोगिताको नयाँ मिति भने तोकिएका छैन ।

प्रतियोगिता आयोजना हुने हान्जाउको नतिजको सहर सांघाईमा कोभिड–१९ संक्रमणको संख्या बढेका कारण प्रतियोतिगा स्थगित भएको बताइएको छ । नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो । त्यसका लागि अहिले प्रारम्भिक छनोट भइरहेको छ । १९औं एसियन गेम्सका लागि नेपालले गण्डकीमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई छनोटको आधार मानिएको थियो ।

तर, समयावधि कम हुँदा संघहरुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगाडि नै प्रारम्भिक छनोट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्