भारोत्तोलन खेलको राष्ट्रिय खेलाडी सन्जु चौधरी झुण्डिएको अवस्थामा फेला

भारोत्तोलन खेलको राष्ट्रिय खेलाडी सन्जु चौधरी झुण्डिएको अवस्थामा फेला

विराटनगर । भारोत्तोलन खेलाडी सन्जु चौधरी बन्द कोठामा मृत भेटिएकी छन् । उनी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले उनी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले प्रारम्भिक घटना जाँच मुचुल्का बनाइसकेर शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी गरेको छ । नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् । ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी थिइन् । सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्