दुहबीमा नेपाली कांग्रेसका गच्छदार नगरप्रमुखमा र उपप्रमुखमा पोखरेल विजयी

<span class='c1'>दुहबीमा नेपाली कांग्रेसका गच्छदार नगरप्रमुखमा</span> <span class='c2'>र उपप्रमुखमा पोखरेल विजयी</span>

सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

आज सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा वेदनारायण गच्छदार र उपप्रमुखमा मेनुका पोखरेल विजयी भएका छन् ।

गच्छदारले ११ हजार ९१६ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनयकुमार पोखरेलले ११ हजार ४६१ मत ल्याए ।

उपप्रमुखमा कांग्रेसकी पोखरेल ११ हजार ९६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका सरोजकुमार सिंहले ५ हजार ४४ मत ल्याएका छन् ।

०७४ को निर्वाचनमा समेत यस नगरपालिकामा नगरप्रमुखमा गच्छदार नै निर्वाचित भएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्