अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-२ बयाबेहडीबाट करिब २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय शंकर चौधरी, सोही उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय सरोज चौधरी र सोही उपमहानगरपालिका-३ बस्ने २८ वर्षीय राजा भगत रहेका छन । शंकास्पद अवस्थामा पदैल हिँडिरहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिका-२ बस्ने २७ वर्षीय पंकज चौधरीबाट खरिद गरी लाएको खुलेपछि पंकजको घर जाँच गर्दा थप ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर प्रहरीले बरामद गरेको छ ।

हाल फरार रहका पंकजको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्