विराटनगर । विराटनगर महानगरपालीकाको मेयरमा पुन: नेपाली कांग्रेसले विजयी हासिल गरेपछि विराटनगरमा विजयी उत्सव मनाएको छ ।
विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित पार्दै विराटनगरको मेयरमा निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेस महानगर समिति विराटनगरले आयोजना गरेको विजयी र्याली विराटनगरको वडामा विजयी हासिल गरेका वडा अध्यक्ष तथा सदस्यहरु सहित अन्य नेपाली कांग्रेसका समर्थकहरुको सहभागिता रहेको थियो ।
विराटनगरको आर्दश स्कुलबाट निकालिएको विजय उत्सव र्याली गोल्छा चोकबाट मेन रोड हुदै रोडशेष , मलाय रोड हुदै रानी बोर्डरबाट पुन बसपार्क महेन्द्र चौकबाट राजबंशी चोक , पुष्पालाल चौक , तिनपैनी हुदै पुन आर्दश स्कुलमा पुगेर कोण सभा गरेको थियो । नेपाली कांग्रेसले विराटनगर महानगरपालीकामा मेयर सहित ६ वटा वडा जित हासिल गरेको छ ।