कर घटाउने विराटनगरका मेयरको पहिलो निर्णय

<span class='c1'>कर घटाउने विराटनगरका</span> <span class='c2'>मेयरको पहिलो निर्णय</span>

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पदभार ग्रहण गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालले विराटनगर महागनरपालिकाको सभाकक्षमा सोमबार मोरङका सत्रवटै स्थानीय तहका प्रमुखलाई सपथ गराएका थिए । त्यस लगत्तै कोइरालाले पदभार ग्रहण गरेका हुन । कोइरालाई नगरपालिका कार्यालयमा प्रवेश गर्दा कर्मचारीले स्वागत गरेका थिए ।

कोइरालाले आफूले निर्वाचनका बेला घोषणा पत्रमार्फत महानगरले उठाउने करको दर घटाउने र दायरा बढाउने विषयमा गरेको प्रतिवद्धता पूरा गराउन पहिलो दिनबाटै काम थालनी गरेको बताए । करको दर घटाउने विषयमा कार्यपालिकामा प्रस्ताव लैजाने गरी गरिएको निणर्यमा हस्ताक्षर गरी आफ्नो नयाँ कार्यकाल शुरुवात गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले हरेक आर्थिक वर्षमा महानगर सभाले करको दर र दायरा तय गर्ने गरेको छ । त्यो सभामा लैजाने गरी स्थनीय कर तथा राजश्व समितिले तयार गरेको प्रस्तावमा कोइरालाले हस्ताक्षर गरेका छन् । यो प्रस्ताव महानगरसभामा लगेर निर्णय हुने बस्नेतले जानकारी गराएका छन् ।

सपथग्रहण समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले स्थानीय तहको दोस्रो आवधिक निर्वाचन सहज र शान्त रुपमा सम्पन्न भएको बताए । उनले अब जनताका प्रतिनिधिहरु जनसेवाको लागि कार्यभार सम्हाल्न कार्य क्षेत्रमा खटिनुले जनअकांक्षा पूरा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्