भक्तपुर । सूर्यविनायक नगरपालिका-६ सूर्यविनायकस्थित रामेछाप सुनापती गाउँपालिका-५ घर भएका ५० वर्षीय मान बहादुर योञ्जनको रुपाकोटी खाजा होटलमा तास खेलिरहेको अवस्थामा योञ्जन सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.७० हजार २ सय ५० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
फोटो:फाईल