झोराहाटमा चार स्रष्टाका मुक्तक

झोराहाटमा चार स्रष्टाका मुक्तक

विराटनगर । झोराहाट नाटक समूहले आयोजना गरेको कार्यक्रममा विभिन्न चार जना स्रष्टाले मुक्तक वाचन गरेका छन् ।
मोरङको झोराहाटस्थित नाटक घरको सभाहलमा आयोजित कार्यक्रममा मुक्तककार सन्तोष अम्गाई, प्रिन्स प्रमोद ढकाल, राधा सुवेदी र अम्बिका खरेल उप्रेतीले विभिन्न विषयमा लेखेका मुक्तक वाचन गर्नु भएको थियो ।

कार्यक्रममा उहाँहरुले ५–५ वटा मुक्तक वाचन गर्नुभएको थियो । झोराहाट नाट्य समूहले हरेक महिना साहित्य गोष्ठी गर्दै आएको छ । बेलाबेला नाटक मञ्चन पनि गर्दै आएको आयोजक संस्थाका अध्यक्ष भरत गुरागाईं बर्बरिकले जानकारी दिए ।

सो अवसरमा मुक्तक वाचन गर्ने साहित्यकारलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । यसअघि झोराहाट नाट्य समूहले आयोजना गरेको कार्यक्रममा देशका विभिन्न स्थानका कविहरुले आफ्ना सिर्जना प्रस्तुत गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्