ओवी अपडेट: विराटनगरमा गएराती मृत अवस्थामा फेला परेका पुरुषको पहिचान खुल्यो

<span class='c1'>ओवी अपडेट: विराटनगरमा गएराती मृत अवस्थामा</span> <span class='c2'>फेला परेका पुरुषको पहिचान खुल्यो</span>

विराटनगर । गएराती विराटनगर–१२ स्थित आईतबारे हटिया पश्चिम नहर छेउमा मृत अवस्थामा भेटिएका एक पुरुष पहिचान खुलेको छ ।

मृतक पुरुष उदयपुर जिल्ला त्रियुगा नगरपालीका १२ बस्ने २३ बर्षिय राजु भनिने राधे साह भएको मोरङ प्रहरीले जनाएको छ । उनी मोरङको कटहरी गाँउपालीका ३ मा दिदिको घरमा बसेर सिटी सफारी चलाउदै आएका थिए ।

मङ्गलबार राती करिब साढे ८ बजे खेतमा उनी मृत फेला परेका थिए । स्थानीयले मृतक शंकास्पद अवस्थामा लडिरहेको देखेपछि प्रहरी खबर गरेका थिए । स्थानीयका अनुसार मृतक लागुऔषध प्रयोगकर्ता भएको आशका गरिएको छ । मृत अवस्थामा भेटिएका पुरुषको अहिले उनका परिवारजन आएर पोष्टमार्टको प्रक्रिया अगाडी बढाइएर्को प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्