विराटनगर । विराटनगरमा पहिलो पटक भएको एसियन च्याम्पीयनसिप अन्र्तगत डान्स स्केट स्र्पोट (स्केट डान्सिङ) र व्याटल स्र्पोट डान्स २ दिने प्रतियोगिता सम्पन्न भएको छ ।
न्यूक्लियर डान्स ग्याङ्गको आयोजनामा जारी २ दिने डान्स छनौट प्रतियोगितामा नेपाल र भारतका प्रतिस्प्रधीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता अन्र्तगत स्केट डान्सिङमा विभिन्न उमेर समुहका १५ जना विजेता भएका थिए । जस अन्र्तगत १० बर्ष उमेर तलका समुहमा नेपालको तर्फबाट एक मात्र प्रतियोगि विराटनगरकी आर्षिया पोद्धार विजेता भईन् ।
त्यसैगरी व्याटल डान्स स्र्पोट अन्तर्गत ८ बर्षदेखी २५ उमेर समुहमा २६ जना विजेता भएका थिए । जस अन्तर्गत नेपालको तर्फबाट १२ जना विजेता भएको आयोजक सस्था अध्यक्ष रेमो रायले जानकारी दिए । सोही प्रतियोगिता नेपाल र भारतमा सम्पन्न भईसकेको र आगामी दिनमा एसियाका अन्य मुलुकमा समेत हुने जनाइएको छ ।
एसियन च्याम्पीनसिप प्रतियोगिता मुम्बाई भारतका चेतन पागावड संस्थापक हुन् । उनले भारत लगायत अन्य मुलुकहरुमा डान्स प्रतियोगिता गराउदै आएका छन् । एसियन च्याम्पीनसिप प्रतियोगिता स्कुल गेम फेडेरेशन अफ ईन्डियासँग आवद्ध रहेको संस्था हो ।
दुई दिने कार्यक्रममा खेलकुद विकास बोर्ड प्रदेश नम्बर एककी उपाध्यक्ष जिनाजङ्ग कार्की , त्यसैगरी नृत्य निर्देशकहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममको निर्णक मण्डलहरुमा भारतबाट मार्क भाष्मे र नेपालको तर्फबाट नविना रोक्का रहेकी थिईन् ।