विराटनगर । उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान) मोरङको अध्यक्षमा अमित ढकाल निर्विरोध निर्वाचित भएका छन् ।
विराटनगरमा शुक्रबार सम्पन्न भएको छैटौ जिल्ला अधिवेशनबाट अमित ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । विराटनगरस्थित अर्किड कलेजका अध्यक्ष समेत रहेका ढकाल यसअघि हिसान मोरङको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।
हिसान मोरङको वरिष्ठ उपाध्यक्षमा टि.एन. तिम्सिना, उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, डा. मनोज गुप्ता, सचिव गोविन्द निरौला, सह–सचिव ललितनारायण र कोषाध्यक्षमा भेषराज नेपाल( भुवन) निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा विरेन्द्रकुमार चौधरी, बिक्रम महर्जन, भास्कर भट्टराई, खड्ग डागी, दुर्गा पौडेल, विजयकुमार माझीलगयात रहेका छन् ।