विराटनगर । कोशी अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ ।
मोरङको बेलबारी – ७ बाहुनी घर भएकी २४ वर्षिय स्वितमा प्रधानको नवजात शिशुको गएराती मृत्यु भएपछि अस्पताल शनिबार विहानदेखि तनावग्रस्त बनेको हो । प्रधानको शुक्रबार राती ८ बजे नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी थिइन् । ‘गाइनो वार्डमा छोरीलाई जन्म दिएपछि नवजाजत शिशुले दिशा मुखमा परेको रहेछ भन्दै उपचार गर्न लगिएको थियो ।
शुक्रबार राती ११ बजे मृत्यु भएको खबर आयो । विहान घर जाने बेलामा डिस्चार्ज पेपरमा मरेको बच्चा जन्मिएको ‘स्टील बन्थ’ भनेर लेखिएको छ,’ श्रीमान दिपेन्द्र श्रेष्ठले भने, ‘डिस्चार्ज पेपरमा कसरी यस्तो लेखियो भनेर बुझदा अस्पताल प्रशासनले कसैलाई भेटन दिएको छैन ।
अस्पतालको स्वास्थ्यकर्मीहरूको लापरबाही रहेको छ ।’ डिस्चार्ज पेपरमा कसरी मरेको बच्चा जन्मिएको भन्ने विषयमा अस्पतालका चिकित्सक र प्रशासनसँग बुझन खोज्दा अहिलेसम्म भेटन नदिएको उनीहरूको भनाई छ ।