नेपाल निजामती कर्मचारी युनियनको ४१ बुदें विराटनगर घोषणापत्र जारी

<span class='c1'>नेपाल निजामती कर्मचारी युनियनको ४१</span> <span class='c2'>बुदें विराटनगर घोषणापत्र जारी</span>

विराटनगर । संघिय निजामती सेवा ऐन जारी गर्न माग सहित ४१ बुदें विराटनगर घोषणापत्र जारी गर्दै नेपाल निजामती कर्मचारी युनियन प्रदेस न १ को प्रादेशिक सम्मेलन शनिबार विराटनगरमा सम्पन्न भएको छ ।

दुई दिन सम्म चलेको सम्मेलनमा जारी घोषणापत्रका विषयमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराइएको हो । नेपाल निजामती कर्मचारी युनियनका प्रदेस १ का अध्यक्ष मनवहादुर वनले घोषणापत्र जारीगर्दै आगामी भाद्र – २२ गते निजामती सेवा दिवस सम्म ऐन जारी गर्नका लागी कानुनी प्रक्रिया अघि नवढे दिवस वहिष्कार गर्ने र युनियनले दवाव मुलक कार्यक्रम अघि वढाउने बताउनुभयो ।
ऐन जारीगर्न प्रधानमन्त्री तथा मन्त्रीहरुलाई पटपटक युनियनले ज्ञापनपत्र वुझाएको र ऐन जारीगर्ने आशवासन समेत पाइ सकेकाले ऐन जारी गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।


जारी घोषणापत्रमा संघिय, प्रदेश निजमतीसेवामा कर्मचारी कल्याणकोषको स्थापना, कर्मचारीका लागी विनाधितो ५० लाख सम्मको ऋण उपलव्ध गराउन साथै दुर्गम तथा पोसाकभत्ता शत प्रतिशत वृद्धि गर्न र करार तथा अस्थाई कर्मचारीहरुको उचित व्यवस्थापनका लागी जोडदार माग गरिएको छ । घोषणापत्रमा राजनिति आस्थाका आधारमा निजामती कर्मचारी माथी हुने गरेको भेदभावको अनत्य, निजामती सेवाका सबै तह र पद्धहरुमा समान किसिमको वढुवा प्रणाली कायम ,सवै सेवा समुहका कर्मचारीहरुलाई सवैतहमा श्रेणिगत वा तहगत एउटै व्यवस्थागर्नुका साथै कर्मचारी सरुवा प्रणालीलाई वैज्ञानिक तथा पुर्वनुमानयोग्य वनाउन चक्रिय प्रणालीको व्यवस्था गर्न तथा कर्मचारीको स्वेच्छिक अवकास योजना पुन कार्यान्वयनमा ल्याउन माग गरिएको छ ।

त्यस्तै स्वास्थ्यसेवालाई संघिय निजामतीसेवा ऐनमा समावेशगर्न माग गर्दै लोकसेवा आयोगवाट सिफारिस भई स्थानियतहमा नियुक्त भएका सवै कर्मचारीलाई आधिकारिक ट्रेडयुनियको निर्वाचनमा सहभागी हुने व्यवस्था गनपर्नि माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्