मनसुन देशभर फैलिन केही दिन लाग्ने

<span class='c1'>मनसुन देशभर फैलिन</span> <span class='c2'>केही दिन लाग्ने</span>

काठमाडौं । मनसुन देशभर फैलिन केही दिन लाग्ने भएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सो समयभन्दा एक साता आगागी अर्थात जुन ५ मै प्रवेश गरेको छ ।

आइतबार नेपालको प्रदेश नं १ मा आगमन भएको यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भूभागमा प्रवेश गरेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ । नेपालका अन्य भूभागमा मनसुन फैलिन केही दिन लाग्ने विभागको अनुमान छ ।

हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाका साथै पूर्वी नेपालमा मनसुनी वायुको समेत सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली आजका दिन नेपालको प्रदेश नं १ मा आगमन भई प्रदेश नं १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १३ दशमलव सात डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ४१ दशमलव चार डिग्री सेल्सियस छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्