विराटनगर । विराटनगरको वरगाछी चौकमा कृष्णप्रसाद कोइरालाको सालिक शनिबार अनावरण गरिएको छ । विराटनगर महानगरपालिका र बरगाछीको गुराँस पुस्तकालयको साझेदारीमा निर्माण गरिएको सालिकको पूर्व राष्ट्रपति डा.रामवरण यादवले गर्नु भएको हो ।
कलाकार धनयात्राले सालिकको निर्माण गर्नुभएको हो । गुराँस पुस्तकालयका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेस महानगर समितिका सभापति दिपक चापागाँईका अनुसार ८ लाख रुपिँयाको लागतमा सालिक निर्माण गरिएको हो ।
नेपालका तीन दाजुभाइ प्रधानमन्त्री मातृका, बीपी र गिरिजाप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइराला विराटनगरमा सदरमुकाम बनाउने व्यक्ति हुनुहुन्छ । रंगेलीबाट ११० वर्ष अगाडी विराटनगर सदरमुकाम सरेको थियो । विराटनगरको विकास र नेपालको प्रजातान्त्रिक आन्दोलनमा कोइरालाको भूमिका महत्वपूर्ण रहेको मानिन्छ ।