समाजसेवी गोयल दाजुभाइद्धारा चिसो पानीको मेसिन प्रदान

<span class='c1'>समाजसेवी गोयल दाजुभाइद्धारा चिसो</span> <span class='c2'>पानीको मेसिन प्रदान</span>

विराटनगर । नेपाल अग्रवाल महिला मञ्चले मालपोत कार्यालय मोरङ र मोरङ जिल्ला अदालतमा आउने सेवाग्राहीका लागि चिसो पानीको मेसिन लगाइदिएको छ ।

निर्जला एकादशीको अवसर पारेर यही जेठ २८ गते मञ्चले चिसो पानीको मेसिन जडान गरिदिएको हो । विराटनगर महानगरपालिकाका नव निर्वाचित प्रमुख नागेश कोइरालाले मेसिनको उद्घाटन गरे । उक्त मेसिन वरिष्ठ समाजसेवी दाजुभाइ महावीर प्रसाद गोयल र दीनबन्धु गोयलले स्वर्गीय गौरी देवी गोयलका पुण्य स्मृतिमा प्रदान गरेका हुन् ।

स्वर्गीय गौरीदेवी महावीरकी धर्मपत्नी हुन् । निर्जला एकादशीका दिन जलदानको विशेष महत्त्व छ ।

मञ्चका अध्यक्ष अनिता कलकतियाका अनुसार कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष गोविन्द झुनझुनवाला, अग्रवाल सभा विराटनगरका अध्यक्ष विशाल केडिया र मोरङ बार एसोसिएसनका अध्यक्ष कल्याण केसीको सहभागिता थियो । कार्यक्रममा मञ्चका सचिव वर्तिका खेतानले धन्यवाद ज्ञापन गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्