इनार सफा गर्ने क्रममा निसासिएर दुईको मृत्यु

<span class='c1'>इनार सफा गर्ने क्रममा</span> <span class='c2'>निसासिएर दुईको मृत्यु</span>

चितवन । माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई रहेका छन् ।

कार्यालका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका–७ देवेन्द्रपुरकी रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा आज दिउँसो इनारभित्र पसेका गुरुङ निसासिएपछि उनको उद्वारका लागि गएका राईको डोरी चुडिँदा उनीहरु पानीमा डुबेका थिए । पानीमा डुबेका उनीहरुको अक्सिजन कमी भएर मृत्यु भएको अनुमान गरिएको छ । इनारको पानी फाली उनीहरुको शव बाहिर निकालिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्