सहायक हवल्दार ओझा भए जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी

<span class='c1'>सहायक हवल्दार ओझा भए</span> <span class='c2'>जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी</span>

विराटनगर । ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

ईटहरी–४ गोपाल टोलमा अवैध हात हतियार देखाई स्थानियवासीहरुलाई धाकधम्की दिदै त्रसित बनाई रहेको अवस्थामा घटनामा संलग्न व्यक्तिहरुलाई घटनास्थलबाटै पक्राउ गर्न सफल भएकोमा उनलाई सर्वोकृष्ट घोषित गरिएको हो ।

ओझालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जेष्ठ महिनाको सर्वोकृष्ट प्रहरी घोषणा गरेको हो । पुरस्कृत भएका ओझाले विभागिय मूल्य(मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक रहेको भन्दै सम्मान गर्ने घोषणा गरिएको छ । इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत उनी १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट जेठ महिनाको उत्कृष्ट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्