भारतमा थप ९ हजार ९२३ जना कोरोना सङ्क्रमित

<span class='c1'>भारतमा थप ९ हजार</span> <span class='c2'>९२३ जना कोरोना सङ्क्रमित</span>

सोमबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ९ हजार ९२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा आइतबार १२ हजार ७८१ नयाँ कोरोना सङ्क्रमित भएका र १८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो एक दिनमा सात हजार २९३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख १५ हजार १९३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६१ प्रतिशत रहेको छ ।

यसमध्ये ७९ हजार ३१३ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१८ प्रतिशत हो । कोरोना महामारीबाट आइतबार भारतमा १७ को मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८६० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ३२ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । ८५ करोड ८४ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्