विराटनगर–३ को सेल्फी रोड : भुईमा झारजंगल र फोहोर, टुप्पामा बत्ति

<span class='c1'>विराटनगर–३ को सेल्फी रोड : भुईमा</span> <span class='c2'>झारजंगल र फोहोर, टुप्पामा बत्ति</span>

विराटनगर । विराटनगर महानगरपालिका–३ ठूलो मिल उत्तर बुद्धचौकसम्मको सडकमा बत्ति जडान गरिएको छ । सर्वसाधारणको लागि सेल्फी रोडको रुपमा स्तरउन्नती गरिएको सडकमा बत्ति जडान गरेर झलमल्ल बनाइएको छ । तर, फलामका पोलमा बत्ति बाल्न जडान गरिएको बिद्युत जोखिम निम्त्याउने प्रकारको देखिन्छ । सेल्फी रोडको अवधारणा लिइएपनि टुप्पामा बत्ति बालिएको छ । तर, भुँईमा झारजंगल र फोहोर छ । अन्य कुनै प्रकारका बिरुवा वा फुल रोपिएको छैन ।

महानगरले एसियाली विकास बैंकको सहयोगमा नगरक्षेत्रमा निर्माण गरेकामध्ये वडा नम्बर ३ को कार्यालय अगाडी षडानन्दको प्रतिमा राखिएको छ । त्यसको नाम पनि षडानन्द चोक राखिएको छ । त्यसदेखि उत्तरको सडक सेल्फी रोडको रूपमा विकास गरिएको दावी गरिएको हो ।

महानगरका निवर्तमान प्रमुख भीम पराजुलीको घरदेखि पूर्वतर्फको सडक हो यो । पराजुली परिवारको जग्गाले छोएको सडकमा जाँदाजाँदै बत्ति जडान गर्ने बजेट बिनियोजन गरिएको थियो । सडकका दुवैपट्टि विभिन्न रंगका लाइट जडान गर्ने तयारी छ । तर, आर्थिक वर्ष समानपन हुँन लाग्दासम्म एकातर्फको केहि भागमा मात्रै पोलहरु गाडेर बत्ति जडान गरिएको छ ।

पोलको फेलमा कालो तार बाहिरै देखिन्छ । विस्तारै तार मक्काउँदै जाँदा फलामको पोलमा करेन्ट प्रवाह हुनसक्ने जोखिम देखिएको सर्वसाधारण बताउँछन् । काम गर्न बाँकी छ भने मात्रै नत्र तारले जोखिम निम्त्याउँछ, एक स्थानीयले भने काम सकिएको छैन भनेर चुप बसेका छौं । बिहानपख मर्निङ्गवाकका लागि उत्तर क्षेत्रका मानिसले त्यो रोडलाई प्रयोग गर्नेगर्दछन् । सवारीको चाप कम हुने र पेटीको समेत प्रशस्त ठाउँ भएका कारण साँझपख अल्मनिलेस्थलको रुपमा समेत त्यसलाई विकास गर्न खोजिएको दावी छ ।

पछिल्लो तीन वर्षमा विराटनगरमा एसियाली विकास बैंकको सहयोग परियोजना सञ्चालन भएपछि ६८ किलोमिटरभन्दा धेरै सडक कालोपत्रे गरिएको छ । नाला र ढल निर्माणको कामसमेत पूरा भएको छ । महानगरले विराटनगरको हिमालय रोड र एयरपोर्ट रोडलाई पनि सौन्दर्यीकरण गरिरहेको छ । हिमालय रोडको सौन्दर्यकरण र एयरपोर्ट रोडको सौन्दर्यकरणको काममा समेत केहि विवादहरु देखिदैं आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्