भरतपुर विमानस्थलको टावर नजिकै आगलागी

<span class='c1'>भरतपुर विमानस्थलको टावर</span> <span class='c2'>नजिकै आगलागी</span>

चितवन । भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ । आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान पौने ४ बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको थियो । बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उहाँको भनाइ छ । आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको सूचना अधिकारी अधिकारीको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्