खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर किशोरीको मृत्यु

<span class='c1'>खेतमा धान रोप्ने क्रममा</span> <span class='c2'>चट्याङ लागेर किशोरीको मृत्यु</span>

चन्द्रौटा । कपिलवस्तुमा आज चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ ।

शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताउनुभयो ।

बिहान खेतमा धान रोप्न गएकी थारूलाई चट्याङ लागेर घाइते भएकी थिइन् । उपचारका लागि चन्द्रौटामा रहेको सञ्जीवनी अस्पतालमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्