ज्येष्ठ नागरिकको अनुभव अनुशरण गरे समाज समृद्धि : कोइराला

<span class='c1'>ज्येष्ठ नागरिकको अनुभव अनुशरण गरे</span> <span class='c2'>समाज समृद्धि : कोइराला</span>

विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि महानगरपालिका गम्भीर रहेको बताउनुभएको छ ।

विराटनगरको पुष्पलालचोकस्थित महिला जागृति तथा वृद्धाआश्रमले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकलाई सम्मानित रुपमा बाँच्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको अनुशरण गर्न सके समाज समृद्ध हुने बताउनुभयो ।

जीवनमा हरेक व्यक्ति ज्येष्ठ नागरिक हुने चर्चा गर्दैै मेयर कोइरालाले वृद्धवृद्धालाई सम्मान गर्ने व्यक्तिले पनि भविष्यमा समाजबाट सम्मान पाउने विचार व्यक्त गर्नुभयो । उहाँले महिला जागृति तथा वृद्धा आश्रमलाई महानगरका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “हाम्रोतर्फबाट यस संस्थालाई पूर्ण रुपमा सहयोग रहन्छ,” कोइरालाले भन्नुभयो, “हामी महानगरमा आएको पनि धेरै भएको छैन, बुझ्दैछौं के गर्न सकिन्छ गर्छौं ।”

कार्यक्रममा विराटनगर वडा नम्बर १ का अध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, १९ का अध्यक्ष श्याम घिमिरेले पनि महानगरका तर्फबाट वृद्धाआश्रमलाई सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वृद्धाश्रमका वरिष्ठ सल्लाहकार मणि अज्र्याल, अध्यक्ष भुवनेश्वरी आचार्य, सचिव मनमाया क्षेत्री, समाजसेवी कृष्ण कट्टेललगायतले वृद्धाश्रमको छानो चुहिन थालेको गुनासो गर्नुभयो । खानाका लागि समस्या नभए पनि वृद्धाहरुलाई बस्न समस्या भएको उहाँहरुले बताउनुभयो । २३ वर्षअघि स्थापना भएको संस्थामा १२ जना वृद्धाहरु बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्