विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले ६ वटा विषयमा निणर्य गरेको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले कृषि मन्त्रालयसँग सम्बन्धित तीन, आन्तरिक मामिला तथा कानून मन्त्रालय, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसँग सम्बन्धित एक/एक गरी जम्मा ६ वटा निणर्य गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीका अनुसार, बैठकले प्रदेश सभा सचिवालयको सवारी साधनबाट दुर्घटनाका मृतक एवं घाइतेको उपचार खर्च प्रदान गर्ने निणर्य गरेको छ । त्यस्तै बैठकले मोरङको कटहरी फलफूल तथा तरकारी थोक बजार संकलन(दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गरी लेखा अधिकृतस्तर कर्मचारी रहने व्यवस्था गरेको मन्त्री कार्कीले बताउनुभयो ।
कृषि मन्त्रालयको उक्त प्रस्तावसँगै सोही मन्त्रालयबाट प्रस्तुत भएको शिलबन्दी प्रस्ताव मूल्याङ्कन प्रक्रियामा समावेश नगर्न निर्देशन गर्ने सम्बन्धमा र पुरक संक्षिप्त संगठन संरचना तथा कर्मचारी दरबन्दी विवरण स्वीकृति सम्बन्धमा पनि बैठकले निणर्य गरेको छ । यसैगरी बैठकले यातायात व्यवस्था निर्देशनालयको संगठन संरचना स्वीकृति र अस्पताल भवन निर्माण पूर्व अनुमती सम्बन्धी कार्यविधि, २०७९ को स्वीकृति सम्बन्धमा निणर्य गरेको मन्त्री कार्कीले बताउनुभयो ।