विराटनगर । विराटनगरकी खुश्बु खेतानले भारतको मुम्बईमा भएको मिसेज वर्ल्ड इन्टरनेशनल २०२२ मा फिटनेश फ्रेकको उपाधि जितेकी छन् ।
गत जेठ २४ गते आयोजित उक्त कार्यक्रममा खेतानले उक्त उपाधि हाँसिल गरेकी हुुन् । सहभागी १०८ जना प्रतियोगीहरुलाई पछि पार्दै उनीले सो उपाधि हात पारेकी हुन् । विगत लामो समयदेखि विराटनगर बस्दै आएकी खेतान फेशन र इन्टिरियर डिजाईनर समेत हुन् ।
भबिष्यमा फिटनेश सेन्टर सञ्चालनमा ल्याएर यस क्षेत्रको विकासमा थप सहयोग पुर्याउने योजना रहेको उनीले बताएकी छन् ।