प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

<span class='c1'>प्रधानमन्त्री देउवाद्वारा</span> <span class='c2'>दुःख व्यक्त</span>

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री शिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गर्नुभएको छ । “मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनहुन्थ्यो”, प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।

उहाँले शोकको यस दुःखद् घडीमा जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरूमा समवेदना प्रकट गर्नुभएको छ । शुक्रबार बिहान चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली लागि घाइते हुनुभएका पूर्वप्रधानमन्त्री शिन्जोको निधन भएको हो । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्