प्रकाश सपुतको मुख्य भूमिका रहेको फिल्म ‘परदेशी-२’ को टिजर सार्वजनिक

<span class='c1'>प्रकाश सपुतको मुख्य भूमिका रहेको</span> <span class='c2'>फिल्म ‘परदेशी-२’ को टिजर सार्वजनिक</span>

विराटनगर । गायक प्रकाश सपुतको मुख्य भूमिका रहेको फिल्म ‘परदेशी-२’को टिजर सार्वजनिक भएको छ।

गायक, गीतकार, संगीतकार तथा म्युजिक भिडियो निर्देशक, अभिनेताको रुपमा बेग्लै पहिचान बनाउँदै आएका प्रकाश सपुतको पहिलो फिल्म 'परदेशी-२'को ‘टिजर’ शुक्रबार सार्वजनिक भएको हो । नारायण रायमाझीको निर्देशनमा बनेको फिल्मको टिजर शुक्रबार ‘रिमा इन्टरटेनमेन्ट’ यूट्युब मार्फत सार्वजनिक गरिएको छ ।

फिल्ममा नेपाली विद्यार्थीमा रहेको अमेरिकाको मोहको चित्रण गरिएको टिजरमा देख्न सकिन्छ। अध्ययनसँगै अन्य परिवेशमा विदेश पुगेकाहरुको कथाव्यथालाई फिल्ममा समेटिएको टिजरमा देख्न सकिने छ। ‘परदेशी-२’ गायक प्रकाशको डेब्यू फिल्म हो।

फिल्ममा प्रकाश मुख्य भूमिकामा देखिएका छन् । नारायण इन्टरनेशनल प्रा.लि.को प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गरेका हुन्। भने फिल्मको कथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले लेखेका हुन् । रायमाझीकै निर्देशनमा बनेको फिल्म 'परदेशी' व्यवसायिक रूपमा सफल भएको थियो। फिल्मका गीत आजसम्म पनि उत्तिकै चर्चित छन् । '

फिल्ममा प्रकाश बाहेक केकी अधिकारी,दिलिप रायमाझी, वर्षा सिवाकोटी, देवेन्द्र बब्लु, निर शाह, रमा थपलिया लगायतका कलाकारको मुख्य भूमिका रहेको टिजरमा देख्न सकिन्छ । 'परदेशी' का मुख्य नायक प्रशान्त तामाङ पनि ‘परदेशी-२’ टिजरमा देखिएका छन् ।


‘परदेशी-२’ दशैंको अवसरमा असोज १४ गते रिलिज हुनेछ ।

‘परदेशी-२’ को टिजर हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्