अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो तेलको मूल्य

<span class='c1'>अन्तर्राष्ट्रिय बजारमा घट्न</span> <span class='c2'>थाल्यो तेलको मूल्य</span>

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ ।

एक महिनाको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २४ अमेरिकी डलरले घटेको छ । प्रशोधित तेलको मूल्य पनि घटेको छ । पेट्रोलमा प्रतिब्यारेल १० अमेरिकी डलरले घटेको छ भने डिजेलमा १५ डलरले घटेको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो तर तत्कालको अवस्थाले नेपालमा प्रभाव पार्छ पर्दैन यसै भन्न नसकिने उहाँको भनाइ छ ।

निगमका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ डलरबाट घटेर एक सय डलरको हाराहारीमा आइपुगेको छ । अमेरिकी डलर महँगिएपछि तेलको मूल्य घटेको हो । प्रवक्ता उपाध्यायले भन्नुभयो, “कच्चा तेल र प्रशोधित तेलको मूल्य घटेको छ । यही अनुपातमा घटिरह्यो भने नेपालमा पनि राहत हुने विश्वास लिएका छौंँ, आशावादी पनि छौँ ।”

अन्तर्राष्ट्रिय बजारमा घटिरहेको कच्चा तेलको मूल्य सकारात्मक सङ्केत भएको निगमले जनाएको छ । १५ दिनसम्म निरन्तर गिरावट भइरहे निगमले खरिद गर्ने प्रशोधित तेलको मूल्य पनि घट्नेछ । निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट १५ दिनमा मूल्यसूची पाउँछ । उपाध्यायले भन्नुभयो, “निरन्तर ओरालो लागे त्यसले निगम र उपभोक्तालाई राहत मिल्छ ।” हाल निगमलाई प्रतिलिटर पेट्रोलमा ३० रुपियाँ र डिजेलमा ३८ रुपियाँ घाटा छ । मासिक घाटा करिब नौ अर्ब रुपियाँ छ । गोरखापत्र अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्