विराटनगर । विरामीलाई रगतको अभाव भईरहेको बेला विराटनगर-४ मा रहेको सजिलो फिट्नेस एण्ड जिमद्धारा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
जिम क्लवले शनिबार बिहान आयोजना गरेको खुला रत्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । क्लवले मासिक रुपमा सामाजिक कार्यक्रमहरु गर्दै आएको सजिलो फिट्नेश एण्ड जिम क्लवका संचालक संजय साहले जानकारी दिए ।
यस अघि सडकमा जेव्र क्रसिङ लगायत अन्य सामाजिक सेवाका कार्य गर्दै आएको साहले बताए ।
रक्तदान कार्यक्रममा विराटनगर ४ का वडा अध्यक्ष जितेन थापा, क्लवका पदाधिकारी र स्थानीय युवाहरुले रक्तदान गरेका थिए ।