विराटनगरका समाजसेवी गोयलद्वारा काली मन्दिरलाई आर्थिक सहयोग

<span class='c1'>विराटनगरका समाजसेवी गोयलद्वारा काली</span> <span class='c2'>मन्दिरलाई आर्थिक सहयोग</span>

विराटनगर । विराटनगरका उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले विराटनगरको कालीमन्दिर व्यवस्थापन समितिलाई रु.१ लाख १ हजार रुपैयाँ प्रदान गरेका छन् । समाजसेवी गोयलले काली मन्दिरमा भइरहेको श्रृङ्गार कार्यका लागि रु.१ लाख १ हजार रुपैयाँ प्रदान गरेका हुन् ।
गोयलले व्यवस्थापन समितिका अध्यक्ष डा.मीनाक्षी नेपाल र निवर्तमान अध्यक्ष सुदर्शन बहादुर श्रेष्ठलाई रकमको चेक हस्तान्तरण गरे । गोयल आफ्ना स्वर्गीय दाजु ओमप्रकाशका नाममा विगत डेढ दशकदेखि समाजसेवामा सक्रिय छन् ।

व्यवस्थापन समितिका अध्यक्ष डा. नेपालका अनुसार मन्दिरको वाह्य श्रृङ्गारको कार्य रु.१ करोड १५ लाख रुपैयाँ खर्चमा सकिएको छ । अब रु.४० लाख रुपैयाँ खर्चमाआन्तरिक श्रृङ्गारको काम भइरहेको छ । अध्यक्ष डा.नेपालले २० गेजको तामाको पातामा गोल्डेन कलर गरेर मन्दिरको श्रृङ्गार भइरहेको जानकारी दिइन् । श्रृङ्गारको काम काठमाडौंको होसन्न इन्टरप्राइजेज प्रालिले गरिरहेको छ ।

होसन्न इन्टरप्राइजेजले तामाको पाताको १ सय र गोल्डेन कलरको १२ वर्षको ग्यारेन्टी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्