विराटनगर । विराटनगरको पोखरिया माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सामाजिक अपराधको बारेमा जानकारी गराइएको छ ।
कक्षा ९, १०, र १२ मा पढ्ने विद्यार्थीहरूलाई साइबर अपराध , दुव्र्यसन , महिला हिंसा लगायत अन्य सामाजिक अपराधको बारेमा जानकारी गराइएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको प्रमुख आतिथ्य तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमका अध्यक्ष मिना जोशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै एस्ईई २०७७ मा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । सर्वोत्कृष्ट नतिजा ४ जीपीए प्राप्त गर्ने विद्यार्थी एलिशा गौतमलाई नगद दश हजार ३.९५ जी.पी.ए ल्याउने ४ जना विद्यार्थीहरूलाई जनही तिन–तिन हजार वितरण गरिएको थियो । विद्यालयमा कक्षा १ देखि कक्षा ९ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत अन्य गरिब तथा जेहेन्दार ४१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति समेत वितरण गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ , मोरङका प्रमुख श्री टंक प्रसाद गौतमको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष का अध्यक्ष श्री कृष्ण प्रसाद गौतमको सभापतित्वमा बधाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।