विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
आईतवार राती करिब १० बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्रदेश १ –०२–०४९ प ६२५८ नम्बरको मोटरसाईकलले विपरित दिशा तर्फ जादै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार विराटनगर–१५ का ४५ बर्षीय भोला श्रेष्ठ र १२ बर्षीय सुसान्त श्रेष्ठ घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा भोला श्रेष्ठको राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।
घटना बारेमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।