विराटनगर । प्रदेश १ का आन्तरिक मामिलातथा कानूनमन्त्री केदार कार्कीले सङ्घ प्रदेश र स्थानीयतहको समन्वयविना विकाश सम्भव नभएको बताउनुभएको छ ।
सोमबार विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीय तह बिचको अन्तरसम्बन्धःहालसम्मको प्रयास र अबको प्राथमिकता विषय कगोष्ठीमा बोल्दै मन्त्री कार्कीले विकासको काममा तीनै तहको समन्वय आवश्यक रहेको बताउनुभएको हो । ‘सङ्घीय सरकारले आफू नै सबैभन्दा ठुलो हुँभन्ने, प्रदेशले सङ्घ छुट्टै हो तर तलकोले मान्नुपर्छ भन्ने, स्थानीयले हाम्रो त आफ्नै अधिकार छ भन्ने त्यसमा वडा अध्यक्षले सिङ्गो वडा त मेरै हो भन्ने चलन छ । उहाँले भन्नुभयो, यसो हुँदा कसरी विकासका काम अगाडि बढ्छन् त ?’
सङ्घीयताले विकासको मोडललाई विकेन्द्रीकरण गर्दै लानुपर्नेमा त्यसो नभइरहेको बताउँदै मन्त्री कार्कीले भागबन्डाका आधारमा हुने विकासलाई रोक्नुपर्नेमा जोड दिए । ‘ऐनअनुसार स्थानीय सरकारले बजेट पास नगरी मेयरको भागमा यती उपमेयरको भागमा यति, वडा अध्यक्षलाई यतिभन्ने हुन्छ । उहाँले भन्नुभयो, जब की कानून भनेको डर देखाउने चिज हैन ।’
गाउँपालिका महासङ्घलाई स्थानीय तहमा जनताका भावना अनुसार काम गराउन समन्वयकारी भूमिका खेल्न पनि मन्त्री कार्कीले आग्रह गर्नुभएको छ ।