सरकारी गाडीको दुरुपयोग गरेको भिडियो सामाजिक सञ्जालमा हालेको भन्दै वडा अध्यक्षद्धारा कुटपिट

<span class='c1'>सरकारी गाडीको दुरुपयोग गरेको भिडियो सामाजिक</span> <span class='c2'>सञ्जालमा हालेको भन्दै वडा अध्यक्षद्धारा कुटपिट</span>

प्रेम देवान

विराटनगर । सरकारी मोटसाइकल दुरूपयोग गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा हालेको आरोपमा जहदा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्षसहितको एक समूहले स्थानीयलाई निर्घात कुटपिट गरेका गरेका छन् ।

जहदा गाउँपालिका ४ का वडाध्यक्ष शिवशंकर गामी र उनका आफन्तले स्थानीय ४० वर्षीय गुरुचरण महतोलाई कुटपिट गरेको गुनासो छ । आफुलाई कुटपिट भएको भन्दै महतो आवर विराटनगरको कार्यालयमा आएर गुनासो गरेका छन् । जहदा गाउँपालिका ४ रामचौकमा रहेको श्रीकृष्ण राजेश टे«र्डस पेट्रोल पप्प परिसरमा महतोमाथि कुटपिट भएको थियो । वडाध्यक्ष गामीले कुदाउने को १ ब १५८४ नम्बरको पल्सर मोटसाइकल दुरूपयोग गरि भतिज राहुल गामीले विदाको दिन कुदाएको भिडियो खिचेर गत शनिबार सामाजिक सञ्जालमा महतोले सार्वजानिक गरेका थिए ।

 

वडाध्यक्षको मोटसाइकल दुरूपयोग गरेको भन्दै सामाजिक संजालमा सार्वजानिक गरेको केहिबेरपछि गामीको आलोचना हुन थालेको थियो । त्यसपछि वडा अध्यक्षकै उपस्थितिमा आफुमागि कुटपिट भएको महतोको गुनासो छ । कुटपिटबाट हात, टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको महतोले बताएका छन् । ‘अहिले पनि वडाध्यक्षसहितको त्यो समूहले ज्यान मार्ने धम्की दिने गरेको उनले सुनाए । सरकारी गाडीको दुरूपयोग गरेको घटना उजागर गर्दा कुटपिट गर्ने वडाध्यक्षसहित संलग्नलाई पक्राउ गर्न प्रहरीमा उजुरी समेत दिइएको महतोले बताएका छन् । यता वडा अध्यक्ष गामीले भने आफुलाई बदनाम गराउने उद्देश्यले केही समूह लागि परेको बताए । सामान्य भनाभन मात्र भएकोले आफुले कसैलाई पनि कुटपिट नगरेको गामीको भनाइ छ ।

स्थानीय तहमा भएको ‘चुनावमा हारेको रिस फेर्न केही लागिपरेको उनले सुनाए । मोटरसाईकल शनिबार नभएर सोमबार कुदाएको भिडियो खिचेर बदनाम गराउन खोजेको गामीले बताए । बरु उल्टै महतोको समुहले मोटरसाईकल तोडफोड समेत गरेको बताए । आफन्त विरामी भएका कारण भतिजो विरानगर अस्पताल गएको थियो त्यही बेला भिडियो खिचेर सामाजिक संजालमा हालेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्