विराटनगर। विराटनगर महानगरपालिकाका पूर्व मेयर एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राखेका छन् । केन्द्रीय समितिको बैठकमा सदस्य पराजुलीले नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न र हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउनुपर्ने माग गरेका हुन् ।
लिखित रुपमा आफ्नो भनाइ राखेका उनले देशमा धार्मिक बहसका कुरा पनि उठिरहेको बताउँदै धर्मान्तरणका कुराहरु पनि त्यत्तिकै आएकोले हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउनुपर्ने माग गरेका छन् । यी सबै कुराहरुलाई रोक्न वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाई नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमितिमा प्रस्ताव राखेका हुन् ।
उनले यस्तो अवस्थामा प्रदेश सरकार चलिरहे ठूलो बेथिती हुने र जनतामा वितृष्णा, नैराश्यता बढ्ने भन्दै प्रदेश सरकार कि बलियो बनाउनुपर्ने कि हटाउनुपर्ने धारणा राखेका थिए ।