शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो छ : पूर्वप्रधानमन्त्री खनाल

<span class='c1'>शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो</span> <span class='c2'>छ : पूर्वप्रधानमन्त्री खनाल</span>

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो रहेको बताउनुभएको छ । फोकस नेपालले २०९औँ भानुजयन्ती एवं गुरुपूर्णिमाका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती विषयक अन्तक्र्रिया तथा सम्मान’ कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभएको हो ।

“संविधानले निर्देश गरेबमोजिम नेपालको शिक्षा क्षेत्रमा जुन किसिमले विकास हुनुपर्ने हो त्यो हुनसकेको छैन, यो नेपालको शिक्षा क्षेत्रका लागि विडम्बना हो, शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो छ”, उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री खनालले तीनवटा विषयमा डिग्री गरेका व्यक्तिले समेत रोजगारी प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले अहिलेको साक्षरताले आगामी बाटो तय गर्न नसक्ने भन्दै नैतिक, प्राविधिक र वैज्ञानिक शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षामा समयसापेक्ष विकास हुनुपर्ने बताउनुभयो । “देशको विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ”, उहाँले भन्नुभयो । राज्यमन्त्री श्रेष्ठले प्राविधिक शिक्षा अबको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्र देशमा राम्रो हुनुपर्छ भनेर आफूले निरन्तर संसद्मा कुरा उठाउँदै आएको बताउनुभयो ।

उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवालले मुलुकको विकासका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । शिक्षाको पहुँच ग्रामीण स्तरसम्म पुगे पनि गुणस्तरीय शिक्षा नहुँदा बेरोजगारीको समस्या भएको बताउनुभयो । प्रविधिमूलक शिक्षालाई जोड दिनसके बेरोजगारीको अन्त्य हुने उहाँको भनाइ थियो ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको चर्चा गर्दै रोजगारी प्रदान गर्ने खालको शिक्षा दिनेगरी अबको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा नेपालको शिक्षा क्षेत्रको विकासमा विशेष योगदान पु¥याएका शैक्षिक संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्