क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण

<span class='c1'>क्यानडामा ४७७ जनामा</span> <span class='c2'>मङ्कीपक्स सङ्क्रमण</span>

क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधवारसम्म देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ।

एजेन्सीका अनुसार क्युबेकमा २८४, ओन्टारियोमा १५६, ब्रिटिश कोलम्बियामा २९ र अल्बर्टाका आठ जनामा सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालाले मङ्कीपक्स निम्त्याउने भाइरसको निदानात्मक परीक्षण गरिरहेको बताएको छ । मङ्कीपक्सले व्यापक सङ्क्रमण निम्त्याउन सक्ने र यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा बढ्ता पाइएको बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्कीपक्स अर्थोपक्स भाइरस परिवारसँग सम्बन्धित छ । रासस-एनआई/सिन्ह्वा

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्