वानियाँले सुरु गरे विराटनगरदेखि उल्टो यात्रा पाथिभरा मन्दिर सम्म

<span class='c1'>वानियाँले सुरु गरे विराटनगरदेखि उल्टो</span> <span class='c2'>यात्रा पाथिभरा मन्दिर सम्म</span>

विराटनगर । आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन गर्नलाई सुनसरीका एक युवाले विराटनगरदेखि ताप्लेजुङ्गको पाथिभरा मन्दिरसम्म उल्टो पदैल यात्रा शुरु गरेका छन् ।


सुनसरी वराहक्षेत्र नगरपालिका –५ का ४८ वर्षिय ओमप्रकाश वानियाँले विराटनगरको विग होटलमा एक कार्यक्रमको आयोजना गरि पाथिभरा मन्दिरसम्म उल्टो पदैल यात्रा शुरु गरेका हुन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा समाजसेवी दुर्गा प्रसाईले वानियाँलाई राष्ट्रको झण्डा प्रदान गरि विग होटलबाट उल्टो पैदल यात्राको शुभारम्भ गरे । विराटनगरदेखि ताप्लेजुङ्गसम्म २०५ किलोमिटर यात्रामा छ मोरङ, सुनसरी, झापा ,इलाम, पाँचथर र ताप्लेजुङ्ग गरि छ जिल्ला पर्दछन् ।


वानियाँले दैनिक १५ किलोमिटर यात्राको क्रममा २९ विभिन्न स्थानमा रात विश्राम गरी एक महिना तीन दिनमा आफ्नो यात्रा सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी गराए । वानियाँको यात्रालाई आवश्यक सुरक्षा र सहयोगको लागि प्रदेश १ को आन्तरिक मामिला तथा कानून र पर्यटन तथा संस्कृति मन्त्रालयले आवश्यक सहयोगको व्यवस्था मिलाएको छ । यसअघि वानियाँले विस २०७५ मा ७७ जिल्लाको साइकल यात्रा गरिसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्