विराटनगर । साउन महिनाको पुर्व सन्ध्यामा विराटनगरकाे गुद्री बजारमा चुरा बेच्दै व्यापारी साउन महिनामा विशेषगरी हरियो चुरा लगाउने चलन छ ।
साउन भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो । साउनभरी माछामासु, लसुनप्याज नखाएर, नङ, कपाल नकाटेर व्रत बस्ने चलन छ ।
साउन यस्तो विशेष महिना हो जहाँ साना बालिकादेखि हजुरआमा सम्मको एउटै फेसनमा देख्न पाइन्छ। हातमा हरीयो चुरा र मेहेन्दी अनी हरीयो पोते। विवाहित महिलाले साउनमा हरियो चुरा हातमा मेहन्दी लगाउनाले श्रीमानको आयु बढ्ने र अविवाहिता महिलाले लगाए मनले चिताएको पूरा हुने धार्मिक विश्वास पनि रहिआएको छ।
एकातिर साउन महिनासँग हरीयो चुरा र मेहेन्दीको धार्मीक, सांस्कृतिक महत्व जोडिएको छ भने अर्को तिर नयाँ पुस्तामा यो फेसन बन्दै गएको छ ।