कलिलैमा जर्बरजस्ती करणीमा संलग्न, उमेर बढ्दै जाँदा चोरी

<span class='c1'>कलिलैमा जर्बरजस्ती करणीमा संलग्न,</span> <span class='c2'>उमेर बढ्दै जाँदा चोरी</span>

विराटनगर । विराटनगर–१३ का १८ वर्षीय विवेक कामत २०७२ सालमा १२ वर्षका मात्रै थिए । कलिलै उमेरका उनी त्यसबेला जर्बरजस्ती करणी आरोपमा पक्राउ परे । इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणपछि अनुसन्धान भयो । उनी पूपक्षका लागि थुनामा गए ।
कारागारबाट बाहिर निस्केका उनले २०७६ सालमा चोरीमा संलग्न भई इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा परे । त्यो मुद्दा सकिएपछि पुनः २०७८ सालमा चोरीमा संलग्न भए, जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा परे ।

हाल १८ वर्षका मात्रै उनी गत असार २९ गते पुनः चोरीमा संलग्न भए । विराटनगर–८ का गजेश साहको घरकोठामा पसेर सुनका गरगहना चोरी आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लियो । अहिले उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक राजन कार्कीका अनुसार उनलाई चोरीका गहना र नगदसहित पक्राउ गरेर पाँचदिनको म्याद थप गरि अनुसन्धान भईरहेको छ । उनले साहको घरकोठाबाट दुई तोलाको मंगलसुत्र, घाँटीमा लगाउने चेन, कानमा लगाउने चारथान झुम्का, बच्चाले लगाउने लकेट, १२ आनाको औंठी, तिलहरी, चाँदीका पाउजु दुईथान र सिक्री दुईथानसहित ४६ हजार नगद चोरेको आरोप छ ।

घटनापछि प्रहरीले विशेष निगरानी गर्दै उनलाई चोरी भएका गहना र नगदसहित नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिएका छन् । पटक–पटक चोरीमा संलग्न उनी सानैमा जर्बरजस्ती करणी अभियोगमा संलग्न देखिए, प्रहरी नायव उपरीक्षक कार्कीले भने–यस पटक पुनः चोरीमा नियन्त्रणमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्