तेल किन्न नेपाल आयल निगमले जुटायो १४ अर्ब रुपैयाँ

<span class='c1'>तेल किन्न नेपाल आयल निगमले</span> <span class='c2'>जुटायो १४ अर्ब रुपैयाँ</span>

काठमाडौं । पेट्रोलियम पदार्थको भुक्तानीका लागि नेपाल आयल निगमले करिब १४ अर्ब रुपैयाँ व्यवस्थापन गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई सात अर्ब रुपियाँ ऋण उपलब्ध गराउने निर्णय गरेपछि निगमलाई यो रकम व्यवस्थापन गर्न सहज भएको हो ।

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले निगमलाई मन्त्रिपरिषद्को निर्णयअनुसारको सात अर्ब, भ्याट फिर्ताबापतको तीन अर्ब ५० करोड, जग्गा धितो राखेर तीन अर्ब, पूर्वाधार करबापतको ५९ करोड ८६ लाख ८० हजार रुपियाँ प्राप्त भएको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । आन्तरिक राजस्व विभागबाट तीन अर्ब ५० करोड रुपियाँ भ्याट फिर्ताबापत र तीन अर्ब रुपियाँ जग्गा धितो राखेर प्राप्त भएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्