विराटनगर । विराटनगर १२ स्थित श्री सिद्वेश्वर महादेव मन्दिर र १३ स्थित श्री मनोकामेश्वर मन्दिरमा भक्तजनहरु पुजा गर्दै । आज साउनको पहिलो सोमबार । आजको दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ । साउनको पहिलो सोमबारमा भक्तजनहरु शिव मन्दिरमा गई पूजा आराधना गरिरहेका छन् ।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ ।

उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेको छ ।




तस्वीर: प्रेम देवान/आवर विराटनगर